वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔँ: मन्त्री पौडेल

काठमाडाैं | बैशाख ९, २०७९

वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔँ: मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताउनुभएको छ ।

 

विद्युतीय सवारी साधनसम्बन्धी अन्तक्र्रियामा उहाँले वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको हो । पेट्रोलियम पदार्थको विश्वव्यापी बढ्दो उपभोग र आकासिँदै गएको मूल्यले देशको मुद्रा बाहिरिएको भन्दै विद्युतीय सवारीको प्रयोगलाई बढावा दिनुपर्ने बताउनुभयो ।

 

“यातायात क्षेत्रमा प्रयोग हुने खनिज इन्धनबाट हुने मुद्रा बहिर्गमन, वैदेशिक निर्भरता, वातावरण प्रदूषण विश्वमा भएको जलवायु परिर्वतनको सन्दर्भमा विश्व उष्णीकरण, हरित ग्यास तथा हानिकारककणजन्य तत्वको उत्र्सजन गर्ने विषयजस्ता कार्यमा यातायात क्षेत्रबाट वातावरणमा उत्पन्न हुने नकरात्मक असरलाई न्यूनीकरण गर्दै हरित विकास गर्नुपर्ने अवश्यकता छ”, उहाँले भन्नुभयो । मन्त्री पौडेलले अनसन्धानलाई प्रोत्साहन गर्ने गरी मन्त्रालय अघि बढेको बताउँदै अप्ठ्यारो परेका बेला गाँठो फुकाउने आश्वासन दिनुभयो ।

 

उहाँले देशमा वायु प्रदूषण बढिरहेको बताउँदै प्रदूषण नियन्त्रण गर्ने गरी काम गर्न अनुसन्धानकर्तालाई आग्रह गर्नुभयो । “पेट्रालियम पदार्थको मूल्यवृद्धि र वायु प्रदूषण दिनप्रतिदिन बढिरहेको छ”, मन्त्री पौडेलले भन्नुभयो, “अहिलको अवस्थालाई मध्यनजर गर्दै विद्युतीय सवारीको प्रयोगलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ ।”

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्